पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलो गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा उनीहरू बुधबार राति पक्राउ परेका हुन्।
तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको डिएसपी जैसवारले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलाल जैसवारका अनुसार पक्राउ पर्नेहरूमा बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी छन्।
उनीहरूलाई मिनि ट्रकमा भरी गाँजा राखेर तस्करी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।