राष्ट्रिय शक्ति नेपाल र वि.पि. काँग्रेस विच साउन १७ गतेजनआन्दोलनका लागि कार्यगत एकता गर्ने सहमति भएको छ । सो सहमति पत्रमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट र वि.पि. काँग्रेसको तर्फबाट सभापति सुशिलमान शेरचनले हस्ताक्षर गर्नुभएको थियो । यो कार्यगत एकताबाट आफुहरुलाई राजाबादी भन्न
रुचाउने दलहरुलाई ठुलो झडका लाग्ने देखिन्छ । “गंगा गए गंगादास,जमुना गए जमुनादास” प्रव्रितिका राप्रपा र राप्रपा नेपाललाई भने यो कार्यगत एकताले निकै धक्का लाग्ने देखिन्छ ।
प्रातःस्मरणिय अग्रज एवं ऐतिहासिक विर सहिदहरुको रगतबाट बनेको
नेपाल राष्ट्र फेरी तिनै सन्ततीको बलिदान र अस्मिता रक्षाको निम्ती गुहार माग्ने स्थितिमा छ । देशमा भएका ठुला साना परिवर्तनहरुलेनेपालीको चर्किएको मनमा मल्हम लगाउन सकिरहेको छैन । लामो समयदेखि देशमा राष्ट्रवादको झण्डा फहराउँदै बहुलवादमा आधारीतसंवैधानिक राजसंस्थात्मक पद्धतीद्धारा धार्मिक स्वतन्त्रता सहित सनातनहिन्दू राष्ट्रको मुल्यमान्यता कायम राख्दै अधिकार सम्पन्न स्थानिय विकाशको अवधारणा नै राजनितिक प्रणालीको कार्यदिशा हो भन्ने मान्यताका साथ मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि निरन्तर
संघर्षरत जननायक वि.पि. कोईरालाका सिद्धान्त तथा राष्ट्रनिर्माता वडामहाराज पृथ्वीनारायण शाहका दिव्यउपदेशका अनुयायी वि.पि. काँग्रेस तथा राष्ट्रिय शक्ति नेपाल विच नेपालमा व्याप्त भ्रष्ट प्रणाली
परिवर्तनका लागि कार्यगत एकता हुनु राष्ट्रवादको झण्डा झैँ उचो पार्नका लागि हो ।
देशलाई वर्वादि तर्फ उन्मुख पारेको प्रादेशिक संरचना राष्ट्रको पहिचान नामेट पार्ने धर्मनिरपेक्षता तथा परिवारवादी समानुपातिक निर्वाचन प्रणाली खारेज गरी राष्ट्रिय स्वाधिनता, सुशासन र दिगो सरकारका लागि २०४७ सालको संविधानलाई केन्द्रविन्दु मान्दै भ्रष्टाचारलाई निमल पार्दै भ्रष्टाचारीलाई कारवाही गरी भ्रष्टाचारबाट प्राप्त सम्पत्तिलाई राष्ट्रियकरण गर्नु यो कार्यगत एकताको विशेषता हो ।
नेपाल देवभूमि, तपोभूमि एवं पुण्यभमि भएको कारण प्रकृतिले दिनुपर्ने हरेक कुरालाई कन्जुस्याईँ विना खुला हृदयले उपलव्ध गराएको कुरा हामी सवैले अनुभूति गर्न पाएका छौँ । नेपाल सर्वोच्च शिखर
सगरमाथाको देश, गौतम बुद्धको जन्मभूमि र विर गोरखालीको देश भएको कुरा सर्वविदित तै छ ।
नेपाल विश्वको एकमात्र सार्वभौमसत्ता स्वतन्त्र, वैदिक सनातन सहितको शान्तिप्रीय राष्ट्र हो । नेपालको राजनितिमा आएको विचलनको कारण अवशरवादी स्वार्थी प्रव्रितिले देशको मुल्यमान्यता, अन्तराष्ट्रिय पहिचान लगाएत गौरव गर्न लायक हरेक कुरा धुमिल हुँदै गएको छ । यस्तो परिस्थितिमा नेपालमा जन्मलिने
स–ुअवशर पाएका हरेक राष्ट्रभक्त नेपाली चनोखो बन्दै आफ्नो धर्म, संस्कार, संस्कृतिको प्रवद्र्धन गर्ने पावन कार्यमा ईमान्दारीपूर्वक जुटी जन्मभूमि प्रतिको थोरै भएपनि ऋण तिर्ने सु–अवशरको सदुपयोग गर्नै पर्दछ ।
राजाको कुशल नेतृत्वमा नेपाली जनताको साथ सहयोग र नेपालीसेनाको राष्ट्रभक्तिपूर्ण भावनाले ओतप्रोत भई एकिकरण गरिएका नेपालको आजको अवस्था हेर्दा कहालिलाग्दो, अनिश्चीत र दुर्घटना हुने दिशा तर्फ बढीरहेकोले यो उल्टो गतिलाई समयमै रोक्न अति जरुरी छ । देशमा विद्यमान समस्त निति भन्दा माथि रहेको सार्वभौमसत्ताको रक्षा भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई सुनिश्चित गर्दै कर्तव्य र जिम्मेवारीबाट विचलित भई चरम अवरशरवादी र स्वार्थी प्रव्रितिमा लिप्त भएका नेताहरु र अवलम्वन गरिएको भ्रष्टाचारलाई फाल्नुको विकल्प छैन ।
राजसंस्थाको पालामा खोलिएका सयौँ साना÷ठूला उद्योगधन्दा, कलकारखानाहरु अकुत कमिशनको लागि कौडिको मोलमा बेचिएका छन । पार्टिका कार्यकर्ताहरुलाई पाल्नको लागि धान्नै नसक्ने करका चर्को भार
थोपारिएको छ ।
वैदिक सनातन पहिचान सहितको एकमात्र हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारी विश्वभरिका करिव १.५ अरव हिन्दुहरुको पवित्र हिन्दुराष्ट्रको पहिचान मेटने दुष्कर्म भएको छ । देशमा भएका राजनीतिक दलहरु कुनै उत्तर, कुनै दक्षिण वा कुनै पश्चिमा शक्तितफ उन्मुख हुदै गएका छन । अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी
संस्थाहरुका कारण देशको धर्म, संस्कार, संस्कृति आदि विथोलिनुका साथै जातिय सदभाव तथा सहिष्णुता डगमगाउन थालिसकेको छ ।
नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्रनिति र पञ्चशिलको सिद्धान्त पुस्तकालय वा ईन्टरनेटमा खोज्नुपर्ने विषय बनेको छ । शान्ति क्षेत्रको प्रस्ताव नयाँ पुस्ताको लागि नौलो विषय बनेको छ ।
माथि उल्लेखित विभिन्न आन्तरीक तथा वाह्य समस्याको समाधानका लागि नेपालको संविधान २०७२ को खारेजी आजको आवश्यकता हो । संवैधानीक राजसंस्थाको पुर्नस्थापना, वैदिक सनातन पहिचान सहितको
हिन्दू अधिराज्यको स्थापना र संघियता खारेजिका लागि देशव्यापी रुपमा स्वच्छाले जनता सडकमा उत्रने वातावरणका लागि राष्ट्रिय शक्ति नेपाल अभियानमा र वि.पि. काँग्रेसमा आवद्ध हरेक अभियन्ताहरुको निस्वार्थ,
ईमान्दार, निरन्तर मेहनत र अथक परिश्रमको आवश्यकता महशुस गरिएको छ ।
(लेखक राष्ट्रिय शक्ति नेपालको केन्द्रिय अभियन्ता हुनुका साथै प्रकाशन विभाग
सयोजक पनि हुनुहुन्छ)