(पत्रकार, समाजसेवी एवम् धार्मिक अभियन्ता)
प्रभातराज पाण्डे लाई जनताले कसरी चिन्ने ?
प्रभातराज पाण्डेलाई पत्रकार, समाजसेवी एवम् धार्मिक अभियन्ता भनि चिन्दा हुन्छ । “बाँच र बाँच्न देऊ” भन्ने मेरो मुल सिद्धान्त हो । सवै प्राणीको जय, कल्याण र भलो होस् भन्ने मेरो चाहना छ, त्यसै अनुरुप आफुलाई ढाल्ने प्रयत्न गर्दैछु
हजुरको बाल्यकाल कहाँ र कसरी बित्यो ?
मेरो बाल्यकाल काठमाण्डौको पुरानो बस्ती टेंगल, रक्तकालीमा अत्यन्त सौर्हादपूर्ण वातावरणमा सुखपुर्बक वित्यो, दुःख को अनुभव मलाई पटक्कै भएन ।
युबा अबस्था कहाँ र कसरी बिताउनु भयो ?
युवा अवस्था पनि आफु जन्मेर हुर्किएको टेंगल, रक्तकालीमा नै बडो अनुशासित ढंगले बित्यो । बाल्याकालमा मलाई विमान चालक बन्ने तिब्र ईच्छा थियो, तर परिस्थितिले गर्दा त्यो सम्भव भएन । पिताजीले राजनिति र व्यापार दुवैतर्फ हाल हाल्नु भएका कारण मलाई पिताजीको व्यापारमा संलग्न हुनुप¥यो । पिता र माताको चाडै स्वर्गवास भएकोले युवा अवस्था सहजसित वित्न सकेन । दाजुभाई मध्ये कान्छो भएका कारण मातापिताबाट पाउनु पर्ने वात्सल्यता र प्रेमको अभाव मलाई कहित्यै महशुस भएन । पिताजीको स्वर्गवास ज्यादै कम उमेरमा भएपछि भने मेरो जिवनमा ज्यादै उथलपुथल शुरु भयो । मार्ग निर्देशन गर्ने मातापिता नभएकै कारण आफु एक्लैले निर्णय लिनुपर्दा कतिपय निर्णयहरु विफल हुन पुग्यो । बढी महत्वकांक्षी भएका कारणले पनि मैले गरेका कतिपय निर्णयहरु गलत हुन पुग्यो त्यसमा मलाई दुःख लागेको छ । हुने हुनामीलाई टार्न नसक्ने भएकाले सवै दुःख हरुलाई सहजतापुर्वक स्विकार गर्दै राम्रैसित जिवनयापन गर्दै आएको छु ।
तपाइँ यति धेरै क्षेत्रहरू मा आवद्ध हुनुहुन्छ कसरी समय दिनु हुन्छ ?
सवै क्षेत्रहरुमा समय निकाली रहेको छु । सधैभरि सवै क्षेत्रमा एकै पटक समय दिनु नपर्ने भएकाले पनि प्रायजसो आवद्ध रहेको संस्थाहरुमा पुग्ने गरेको छु ।
तपाइँले आध्यात्म र राजनीति दुबैलाइ अङ्गाल्नु भाछ । यो कसरी सम्भव छ ?
आध्यात्म र राजनिति सिक्काका अलग–अलग पाटा हुन । वाल्यकाल देखि नै मेरो आध्यात्मवाद तिर बढ्ता झुकाव थियो । पिताजिको राजनितिक संस्कारका कारण पनि म राजनितिमा होमिएको हुँ । हुन त आध्यात्म र राजनिति गर्दा मलाई खासै असर पारेको छैन । समय मिल्दा मठ, मन्दिरमा गई भगवानको दर्शन गर्छु । आजकल सत्यनारायण गोयनका जी द्धारा प्रतिपादित “विपश्यना” पनि गर्ने गरेको छु भने राजनिति तर्फ पनि बोलावट भएको बेला समय दिने गरेको छु ।
तपाइँको नजरमा आध्यात्म भन्या के ?
मेरो नजरमा आध्यात्म भनेको भित्रि मनको सन्तुष्टि हो । आध्यात्मवादतिर बढी लगाव भएको कारण मलाई भगवान, ईश्वर र अल्लाह प्रति बढी विश्वास लाग्ने गरेको छ । मेरो पारिवारिक पृष्टभुमि पनि धार्मिक नै भएकाले मलाई भैतिकवाद भन्दा आध्यात्मवादतिर बढी झुकाव रहेको छ ।
नेपालको राजनीतिक माहोल कस्तो हुनु पर्थ्यो ?
नेपालको राजनितिक माहोल जस्तो हुनुपथ्र्यो त्यस्तो भएको देखिदैन । जताततै लुटतन्त्र, घुसतन्त्र, र भ्रष्टतन्त्र हावि छ । देशका लागि काम गर्ने भन्दा लुट्नेहरुको जमात बढी छ । विधि अनुसार शासन व्यवस्था चलेको देखिदैन । “जस्ले हान्यो त्यस्ले जान्यो” भन्ने प्रवृत्ति जताततै हावी छ ।
तपाईं योगि नरिहरीनाथ देखि ग्रेटर नेपाल सम्मको अभियान आज सम्म जोडिनु भाछ कतिको सम्भव कुरा हो यो ?
योगि नरहरीनाथ मेरा आदरणीय गुरु हुनुहुन्छ । यसै कारणले गर्दा योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदको उपाध्यक्ष भई आजसम्म सेवा गर्दै आएको छु । त्यस्तै ग्रेटर नेपालमा जोडिनुको मुख्य उद्देश्य आदरणीय त्यागी, तपस्वी सुरेन्द्र ढकाल जी ले गर्नु भएको सामाजिक सेवाबाट प्रभावित भएर नै हो ।
धर्म र आध्यात्ममा के भेद देख्नु हुन्छ ?
धर्मको आफ्नै मुल्य र मान्यता छ भने आध्यात्मको आफ्नै । धार्मिक हुँदैमा आध्यात्मवाद तिर लाग्नुपर्छ भन्ने हुँदैन । धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो । सम्पूर्ण मानवहरुको गुण एकै हुन्छ । मानव संस्कृतिको विकाश सगै धर्मको अर्थ समाज र व्यक्ति अनुसार फरक फरक पाईन्छ । त्यस्तै आध्यात्म जिवन जिवन यात्रालाई उत्कृष्ट बनाउने मार्ग हो । आध्यात्म भनेको मन्दिर धाउनु, पूजापाठ गर्नु, व्रत बस्नुलाई बुझ्दछौँ । हामीले बुझेका यस्तै विधिविधानलाई आध्यात्मिक भन्ने गर्दछौ, तर आध्यात्म शव्दको विराट अर्थ छ र यो आफैमा एक विज्ञान हो ।
आबको भाबी योजना केछ ?
अवको भावी योजना भनेको समाजसेवा तर्फ आफुलाई समर्पित गरि बाँकि समय लेखपढमा जिवन विताउने मेरो उद्देश्य रहेको छ । यति गरेर बचेको समयलाई व्यस्त राख्न राजनिति तर्फ लाग्ने मेरो विचार छ ।