१५ काठमाडौं । जेठ,
गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएर सवारी साधन जाम भएका छन । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी रहेको छ ।

गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । साधनको लामो लाइनका कारण यात्रीहरु मर्कामा परेका छन ।
सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्षेत्रमा बाटो खुल्ने र बन्द हुने क्रम जारी रहेकाले सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेको बताए ।