काठमाडौँ- काठमाडौँको बिजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि उनका छोरा निरज भण्डारीसहितको समूहले कुटपिट गरेको छ। उनलाई छोरासहितको समूहले सोमबार दिउँसो धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।
घाइते भण्डारीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
भण्डारी बाबुछोराबीच कलेज सञ्चालनका विषयलाई लिएर केही समयदेखि विवाद भएको तथा सोमबारदेखि छोराले कलेज व्यवस्थापनको सबै जिम्मा लिने बताउँदै आएका थिए। छोरा निरजले ‘देबेन्द्र भण्डारीलाई प्रवेश निषेध’ लेखेको ब्यानरसमेत कलेज परिसरमा टाँसेका थिए।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।