काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।
आज बिहान पौने आठ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि २७ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा जाडो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनेको छ ।
आज बिहान देशका पूर्वी तथा पश्चिम तराईका थोरै स्थानहरुमा र मध्य तराईका एक–दुई स्थानमा हुस्सु लागेको छ । हुस्सु मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ ।