राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली विहान बस्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहिवार ८ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका एजेन्डा तय गर्नेबारे छलफल हुनेछ।
राप्रपाले पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गर्न लागेको छ। बैठक काठमाडौंमा बस्नेछ।
साथै कार्यसम्पादन समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सांगठनिकलगायत विषयमा पनि छलफल हुने उनले बताए।