काठमाडौ : आज काङ्ग्रेस पार्टीले गुल्मी जिल्लामा आयोजना गरेको एक सभालाई सम्बोधन गर्दै काङ्ग्रेस महामन्त्री गगन थापाले दिएको अभिव्यक्ति प्रति राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कडा आपत्ती जनाएका छन ।
महामन्त्री थापाले पुर्ब राजा ज्ञानेन्द्र शाहको देश दौडाहा अभियानलाई लिएर गुल्मीको सभालाई सम्बोधन गर्ने क्रममा राजालाई चुनाव लड्न आउ भन्दै अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको नेता शाहिले आफ्नो फेसबूक प्रोफाइलमा स्टाटस राख्दै यसो भनेका छन । “आज काङ्ग्रेसका महामन्त्री एंबम अमेरिकी परियोजना mcc पास गर्ने मुख्य पात्र मध्ये एउटा पात्रले गुल्मीमा पुगेर राजा लाई चुनाब लड्ने चुनौती दिनु भएछ राजालाई चुनौती दिन पर्दैन हजुर तपाईंको चुनौतीको सामाना गर्न हामी तयार छौ र सामाना गरेका पनि हौ एक चोटि स्मरण गर्नुहोस् यहि चुनावमा रुपन्देहीमा तपाईंका तत्कालिन गृहमन्त्री एंबम काङ्ग्रेसका शीर्षनेताको राप्रपा सङ्गको पराजय अनि नवलपरासीमा तपाईंकै नेता एंबम पुर्ब गृह- राज्यमन्त्रीको पराजय अब भन्नुहोस् कुन ठाउँ कता बाट आउने चुनाब लडने हो हामी तयार छौ।”
यसका साथै राजनीतिमा आफ्नो कित्ता क्लियर गरेका शाहिले गणतन्त्रका विरुद्धमा पनि खरो रूपमा प्रस्तुत हुँदै आएका छन ।
उनले भने बिदेशीको बुइ चढेर ल्याएको ब्यवस्था ढल्ने भए पछि भारतको दिल्लीमा अमेरिकन र युरोपियन युनियनको सहयोगमा 12 बुदे सम्झौता गर्नेहरु अत्तालिदै जे पायो त्यै बोल्ने गरेको भन्दै खरो जबाफ फर्काएका छन ।