काठमाडौं- जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि राहत बाेकेकाे चिनियाँ सेनाकाे जहाज नेपाल आइपुगेकाे छ।
जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे। चिनियाँ सेनाकाे जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएकाे छ।
छिमेकी राष्ट्र भारतले भारतीय वायुसेनाको विशेष विमान सी-१३० मार्फत दुई चरणमा राहत उपलब्ध गराइसकेकाे छ।
यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो।