काठमाडौं । पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।
विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
‘ काठमाडौंमा अहिले ट्राफिक चाप छ, जसका कारण जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो उनले भने ।
प्रतिकूल मौसमले पनि जाडो मौसममा उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।