काठमाडौँ ः मेलौली नगरपालिका–०१ स्थीत बिट्ठने खेल मैदानमा प्रथम वडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। आज बाट संचालन हूने उक्त खेलमा वडा भित्रका ८ टिमको सहभागि रहने छ। वडा भित्र रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्धेस्यले वडाले सो वडा कपको आयोजना गर्न लागिएको हाम्रा संवादाता नरेश सिँह नायकले बताए ।
यसैगरी उक्त उद्घाटन समारोहका प्रमुख अतिथि मेलौली नगरपालिकाका नि–बर्तमान नगर प्रमुख कृष्ण सिह नायक,बिशिष्ट अतिथि जिल्ला क्रिकेट सघंका अध्यक्ष सुरत पार्कि, प्रदेश रेफ्रि किशोर सिह नेगि र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुकेशकान्त दयाल, नेकपा एमालेका नेता जगदिश सिह नायक लगायत बिभिन्न राजनितिक दल, सघं संस्थाका ब्यक्ति र स्थानियहरुको बाक्लो उपस्थिती रहेको छ ।
सो प्रतियोगितामा प्रथम हुने टिमलाई रु १५,०००,दिृतिय हुने टिमलाई रु १०,०० र तिृतिय हुने टिमलाई रु ५००० पुरस्कारको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच र म्यान द सिरिजलाई पनि उचित पूरस्कारको ब्यवस्था गरिएको छ ।