काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा यूएईविरुद्ध सोमपाल कामीले दोस्रो विकेट लिएका छन् । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कामीले ८ रन बनाएका मोहमद विसिमलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् ।
यसअघि पहिलो ओभरको छैटौँ बलमा उनले १२ रन बनाएका खालिद साहलाई आउट गरेका थिए ।आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङसमेत सहभागी यस शृङ्खलामा नेपालले तीन खेलमा अपराजित रहेको छ ।