काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा आसिफ शेख ४२ रन बनाउँदै आउट भएका हुन् ।
पेभेलियन फर्किनुअघि उनले ३४ बलको सामना गरी ६ वटा चौका हिर्काए । आसिफको विकेट यासिम मुर्तजाले लिएका हुन् । आसिफ आउट हुँदा नेपालले १२.१ ओभरमा ७७ रन बनाएको छ ।