गंगेश्वर देबताकि जाँत (गंगास्नान) मेला यहि असोज २७ गते लाग्ने भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालीका–०६ सिम दोगडामा अवस्थित गंगेश्वर धाममा लाग्ने स्थानिय भाषामा गहङनान भनेर चिनिने मेला असोज २७ को राति लाग्ने भएको हो।
वडा दशैंको पुर्ब सन्ध्या तथा पितृ बिसर्जन औशिको राति रातेडि र घटस्थापनाको बिहान दिउसेडि मेला लाग्ने गंगेश्वर मन्दिर क्षेत्र बिकास समितिका कोषाध्यक्ष मन्धिर राम लुहारले बताए। डोटेली नदि र सोर्नया नदिको मिलन हुने स्थल (दोभान)मा रहेको गंगेश्वर मन्दिरको धाममा मेला लाग्ने उनले बताए।
मेलामा अजयमेरु गाँउपालीकाको राजुलगाँउ, भण्डारीगाँउ, भागेश्वर गाउँपालीकाको बोगटागाँउ र मेलौली नगरपालीकाको कोटिगाँउबाट देउरा जाने गर्दछन। गंगेश्वर मन्दिरको धाममा लाग्ने गंगास्नान मेला बर्षको दुईचोटि लाग्ने गर्दछ। असोज औशिको राति र पुस महिनाको अन्तिम दिन ठुलो मेला लाग्ने गर्दछ।
यसैगरि गगेश्वर धाममा बर्षको तिनचोटि मंक्रर संक्रान्ति, नयाँ बर्षको पहिलो दिन र श्रिपञ्चमिको दिन समेत पुजाआजा हुने गरेको गगेश्वर देबताका मुखिया शम्भु सिह बिष्टले बताए। मेलामा टाढा टाढाबाट दर्शनार्थीहरु समेत आउने गरेको उनले बताए। गंगेश्वर देबताको दर्शन र मन्दिर नजिकै रहेको दोभानमा स्नान गरेमा मनको चिताएको पुग्ने धार्मिक बिश्वास पनि रहेको छ।
मेलालाई सभ्य भब्य र शान्त बनाउनु सबैका आग्रह गरिएको छ। मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, अबैध कृयाकलाप गर्न बन्देज गरिएको मन्दिर क्षेत्र बिकास समितिको एक सुचना जारी गर्दै जनाकारी गराएको छ।
मन्दिर क्षेत्र बिकास समितिको निणर्यलाई अवज्ञा गरि मेलालाई बिथोल्ने गतिबिधि गरेको पाईएमा कारबाहि गरिने समेत जनाईएको छ।
