काठमाडौं । प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले इजरायलको घटनालाई लिएर सभामुख देवराज घिमिरेसँग संसदमा संकल्प वा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नेबारे छलफल गरेका छन् ।
हमासको आक्रमणका कारण इजरायलमा फसेका नेपालीको उद्धारमा सरकारले ढिलासुस्ती गरेको भन्दै सदनमा गम्भीर रूपमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
उनले भने, ‘इजरायलमा १० नेपाली मृत्यु भएको छ । अहिले पनि धेरै नेपालीहरू बंकरभित्र भएको खानसमेत नपाएको, बाहिर कर्फ्यू भएकाले अप्ठ्यारो स्थितिमा भएको कुरा बाहिर आएको छ । यस विषयमा सरकारले गम्भीरतापूर्वक लिएर सरकारले त्यहाँ भएकालाई उपचारको व्यवस्था मिलाउनुपर्यो । नेपाल आउन चाहनेहरूलाई छिटोभन्दा छिटो नेपाल ल्याउने प्रबन्ध मिलानुपर्यो । भारतले आफ्ना नागरिकलाई २४ घण्टा नबिल्दै ल्याइसक्यो । तर, सरकारले यत्रा मान्छे मर्दा केही गर्न सक्दैन ।’
गिरीले घाइते नेपालीको उपचारको सम्बन्धमा ठोस पहल गर्न नसकेको भन्दै सरकारलाई निकम्माको संज्ञा दिए ।