फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र फिल्म सम्पादक मिलन श्रेष्ठविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
उनीहरूविरूद्ध फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
उनले ठगी अपराधिक विश्वासघात एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा तीन जना विरूद्ध जाहेरी दिएका थिए। तीमध्ये झापा घर भई हाल काठमाडौं महानगरपालिका १३ बस्ने ओएसआर डिजिटल प्रालिका सञ्चालक ओम प्रकाश अग्रवाल शुक्रबार पक्राउ परिसकेका छन्। बाँकी दुई जनालाई प्रहरीले खोजिरहेको छ।
पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको समय म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।