काठमाडौँ : डिआर कर्णाली हेल्थद्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाऊ सालडाडा बिद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित डिआर कर्णाली हेल्थ अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारा निःशुल्क ओपिडी सेवा र २४ घण्टा आपतकालिन सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरु बाट सःशुल्क रगत, दिशा, पिसाब, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्सरे र मुटुको इसिजि चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा डिआर कर्णाली हेल्थ अस्पतालले कालिकोट जिल्लामा निःशुल्क घर दैलो स्वास्थ्य सेवा र निःशुल्क स्वस्थ्य सिबिरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक भूपु सभापति दिप बहादुर शाहीले बताउनुभयो। यो डिआर कर्णाली हेल्थको तेस्रो निःशुल्क स्वास्थ्य सिविर हो।
शिविरका संयोजक धर्म दत्त शर्मा र प्रधानाध्यापक लक्ष्मी प्रशाद आचार्यको नेतृत्वमा व्यवस्थापन गरियको थियो भने निःशुल्क औषधी र डाक्टरको सेवा डिआर कर्णाली हेल्थद्वारा उपलब्ध गराईएको थियो।
शिबिरमा १ सय ४१ जनाले सेवा लिएको डा. अनिल भुसालले बताउनुभयो । डाक्टर भुसालका अनुसार शिविरमा अधिकांश मानिसहरूलाई ज्वरो र खोकी लागेको थियो। वृद्धहरु र महिलाहरुको खुट्टा र पाखुराहरु दुख्ने, झनझन हुने र सुन्निने समस्या थियो। उच्च रक्तचापको उपचार नगरिएका केही बिरामीहरू पनि हुनुहुन्थ्यो। कतिपयलाई गुणात्मक जोर्नी दुख्ने समस्या थियो । धेरैजसो बालबालिकाहरुलाई ज्वरो, खोकी र नाकबाट बग्ने गरेको थियो र कतिपयको कान दुखेको पनि थियो ।
खुट्टामा अल्सर भएका आधा दर्जन बिरामी एक महिना भन्दा बढी समय सम्म उपचार नगरी बसेका डाक्टरले बताउनु भयो। बिरामीहरु ६ महिना देखी – ८१ वर्ष सम्मका हुनुहुन्थ्यो। डिआर कर्णाली हेल्थको तर्फ़बाट स्वास्थ्यकर्मी शोभा बोगटी, सिमा शाही र पदम बोहरा उकाली ओराली गर्दै आफ्नो गाउठाउँमा निःशुल्क सेवा उपलब्ध गरी सेवा गर्न पाउदा ज्यादै हर्स महसुस भएको बताउनुहुन्छ।
डिआर कर्णाली हेल्थअस्पतालले यो भन्दा अगाडि खाँडाचक्र नगरपालिका ११, सुभाकलिका गाऊपालिका १, २, र ३ वडामा निःशुल्क घरदैलो स्वास्थ्य अभियान सम्पन गरेको थियो भने कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ११ बदालकोट र वडा नं ५ घोडेनामा समेत निःशुल्क स्वास्थ शिविरहरु संचालन गरेको थियो।
डिआर कर्णाली हेल्थद्वारा कालिकोटका स्वास्थ्य चौकी, पालिकाहरु, वडाहरु र बिद्यालयहरुमा निसुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने भयकोले इच्छुक अध्यक्ष, उपाध्यक्ष र प्रधानाध्यापकहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोक अबस्थित डिआर कर्णाली हेल्थमा आबेदन दिनसक्नुहुनेछ, धन्यबाद
डिआर कर्णाली हेल्थद्वारा कालिकोट जिल्ला बद्रिगाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
डिआर कर्णाली हेल्थद्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाऊ सालडाडा बिद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित डिआर कर्णाली हेल्थ अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारा निःशुल्क ओपिडी सेवा र २४ घण्टा आपतकालिन सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरु बाट सःशुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्सरे र मुटुको इसिजि चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा डिआर कर्णाली हेल्थ अस्पतालले कालिकोट जिल्लामा निःशुल्क घर दैलो स्वास्थ्य सेवा र निःशुल्क स्वस्थ्य सिबिरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक भूपु सभापति श्री दिप बहादुर शाहीले बताउनुभयो। यो डिआर कर्णाली हेल्थको तेस्रो निःशुल्क स्वास्थ्य सिविर हो।