
बैतडी– बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिबाट एक नाले भरुवा बन्दुक र बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।