डडेल्धुरामा मोटरसाईकल दुर्घटना भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई मंगलवार राति ०१ः३० बजे दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ।
दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ। स्याउलेबाट बागबजार तर्फ जादै गरेको अबस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।