नयाँ दिल्ली । जी–२० नेताहरूको घोषणा पत्रमा सबै देशहरू सहमत भएका छन्। यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले दिएका हुन् । मोदीले भने, ‘हाम्रो टोलीको कडा परिश्रम र तपाईंहरू सबैको सहयोगले नयाँ दिल्ली जी–२० नेताहरूको घोषणामा सहमति भएको छ,’ उनले भने, ‘यो घोषणापत्र पनि स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र स्वीकृत गरेको घोषणा गर्दछु।’ उनले भने, ‘यस अवसरमा म हाम्रा मन्त्रीहरू, शेर्पाहरू र सबै पदाधिकारीहरूलाई हार्दिक बधाई दिन्छु जसले कडा परिश्रम गरेर यसलाई सार्थक बनाउनु भएको छ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० का सबै सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरेका छन्, ‘सबै साथी जी–२० सदस्यहरूलाई उनीहरूको समर्थन र सहयोगको लागि मेरो कृतज्ञता।’
जी–२० का भारतीय शेर्पा अमिताभ कान्तले सोसल मिडिया प्लेटफर्म ुएक्सु मा नयाँ दिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरे। उनले नयाँ दिल्ली घोषणापत्रमा यी विषयमा केन्द्रित रहेको बताए ।