पर्साको पकाहामैनपुर गाउँपालिका –१ धोरेमा विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण शनिबार बिहान करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानिय इसाम मियाँको ६ वर्षीय छोरी साहुल मियाँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । उनका अनुसार बिहान करिब 12.30 बजे विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।