काठमाडौं । काठमाडौंको शंखमुल-बुद्धनगर क्षेत्रमा अनियन्त्रित भैँसीले आतङ्क मच्चाएको छ ।
अहिले शंखमुलमा रहेको ज्ञाननिकेत स्कुल भित्र अनियन्त्रित भैँसी छिरेको प्रहरीले जनाएको छ ।
करिब पौने ८ बजे विद्यालयको हाताभित्र छिरेको भैँसीलाई नियन्त्रणमा लिने प्रयास प्रहरीले गरिरहेको छ ।
काठमाडौं महानगरको प्रहरी पनि त्यहाँ उपस्थित छ ।
भैँसीले अहिलेसम्म कुनै क्षति भने पुर्याएको छैन । तर भिडभाडका कारण आत्तिएको छ ।
भैँसीको घाँटीमा दाम्लो झुन्डिएको छ ।