मेलौली नगरपालिका वार्ड नं.७ काँडा स्थित मिति २०७९ जेष्ठ १५ गतेका दिन गठन भएको परिवर्तनशील युवा क्लवले हाल सम्म विभिन्न कार्यक्रम तथा खेलकूद प्रतियोगिता संचालन गर्दै आइरहेको हुँदा यस किसिमका कार्यक्रम द्वारा युवाको नेतृत्व र क्षमता विकाशमा अहम भूमिका निर्वाह गर्ने भएकोले क्लवलाई थप व्यवस्थित गर्नका लागि आज मिति २०८०/०५/०२ गतेका दिन उक्त क्लवका अध्यक्ष श्री प्रेम सिंह भाटको प्रमुख आथित्यमा सम्पूर्ण राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज, शुभचिन्तक लगायत अभिभावकहरुको उपस्थितिमा आन्तरिक छलफल गर्नुका साथै परिवर्तनशील युवा क्लवको भवन उदघाटन गर्नु भयो।
उक्त भवन उदघाटनमा उपस्थित हुनु भएका मे.न.पा. वार्ड नं. ७ का राष्ट्रिय स्वतन्त्र पार्टीका वार्ड सभापति राज सिंह भाट ज्यूले युवाहरुलाई थप प्रोत्साहित गर्नको लागि आर्थिक सहयोग गर्नु भएको कुरा परिवर्तनशील युवा क्लवका सचिव भुपेन्द्र भट्टले जानकारी गराउनु भयो ।