काठमाडौ- बैतडी मेलौली नगरपालिका वार्ड न.५ खलीगाड निवासी सपना चन्दलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आर्थिक सहयोग गरेको छ । श्री दुर्गा मा.वि.कक्षा ८ मा अध्ययनरत चन्द लाई गरिब जेहनदार अनि पढाईमा उत्कृष्ट छनौटमा परेकी चन्दलाई थप हौसला प्रदान गर्नको निमित्त सोही वडाका का वडा सभापति श्री शंकर दत्त भट्ट ले पार्टीको तर्फबाट रु. १९९० अक्षररूपी (एक हजार नौँ सय नब्बै) बराबरको स्टेशनरी सामग्री खरिद गरि छात्रालाई हस्तान्तण गर्नु भएको कुरा रास्वपा मेलौलीका नगर सभापति अर्जुन दत्त भट्टले जानकारी गराउनु भयो । मेलौलि नगरपालिकामा सामाजिक कार्य गर्दै आईरहको र आगामि दिनहरुमा यस्ता कार्य गरिरहने प्रतिबद्धता सुसासन नेपाललाई बताउनु भयो ।