कञ्चनपुरामा एक पालिकाका मेयर डोजरसहित सडकमा पुगेका छन्।
काठमाडौँ ः कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाका मेयर सोहि नगरपालिकाको ११ नम्बर स्थित कलुवापुर बजारको ढल व्यवस्थापनको लागि डोजर सहित सडकमा पुगेका हुन्। बिहीवार नगर प्रमुख रणबहादुर महरा आफै डोजर लगेर उक्त क्षेत्रमा पुगेका थिए। उनको नेतृत्वको टोलीले ढल व्यवस्थापनको सुरुवात गरेको हो। नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ।