नेपाली कांग्रेस कैलालीमा विवाद उत्तपन्न भएको छ।
नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि कांग्रेसभित्र विवाद सृजना भएको छ। सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन्।
सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका–१ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे आगो र चुरे गाउँपालिका–६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए।
दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्वपुर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्।