बैतडीको मेलौलीमा आवश्यकता अनुसारको विद्युत आपुर्ती नहुँदा नगरवासीले हैरानी खेप्नु परिरहेको छ । सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाको लाइनले आपुर्ति धान्न नसकिरहेको भन्दै नगरवासीले राष्ट्रिय प्रसारण लाईन जडान गर्न माग गर्दै संघर्ष समिति गठन गरेका छन् ।
व्यवसायी बिरेन्द्र भट्टको सयोंजकत्वमा बजार व्यवस्थापन तथा राष्ट्रिय प्रशारण लाईन जडान गर्न दबाव दिन संघर्षसमिति गठन गरिएको हो । नगर क्षेत्रमा सुर्नयागाढ चौथो लघु जलविद्युत परियोजनाले विद्युत लाइनको कार्य गरेपनि आवश्यक अनुसारको विद्युत आपुर्ति हुन नसक्दा यस क्षेत्रमा तुरुन्तै राष्ट्रिय प्रशारण लाईन जडान गर्न सम्बन्धित निकायलाई दबाब दिनका लागि संघर्ष समिति गठन गरिएको संघर्ष समितिका संयोजक बिरेन्द्र भट्टले बताए ।
उक्त संघर्ष समितिको उपसंयोजकमा सुरत पार्कि चयन भएका छन् भने सचिवमा गणेश दत्त भट्ट चयन भएका छन् । यस्तै सदस्यहरुमा रमेश ओझा, नरहरी चन्द, मनि दत्त ओझा, केशव सिंह विष्ट, कृष्ण सिंह भण्डारी, राजेन्द्र सिंह विष्ट, सुरेन्द्र बहादुर चन्द, कैलाश महर, बलराम विष्ट, र प्रकटराम दमाई चयन भएका छन् ।
सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाको भरमा व्यापार, व्यवसायीहरुले विभिन्न विद्युतबाट चल्ने उपकरणहरु ल्याएका छन् । उपकरण सञ्चालनमा ल्याइसकेपछि बीचबीचमा बिद्युत आउने जाने गर्दा विद्युतीय उपकरण विग्रिने समस्या बढेको संयोजक भट्टले बताए ।
सघंर्ष समितिका संयोजक बिरेन्द्र भट्टले भने, “सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाको भरमा व्यापार, व्यवसायीहरुले विभिन्न विद्युतबाट चल्ने उपकरणहरु ल्याए । उपकरण सञ्चालनमा ल्याइसकेपछि बीचबीचमा बिद्युत आउने जाने गर्दा विद्युतीय उपकरण विग्रिने समस्या बढ्यो । समयसमयमा विद्युत अबरुद्ध हुँदा साग, तरकारी, मासु लगायतका चि पकरण किने । तर बारम्बार बत्ती अबरुद्ध हुँदा तथा आवश्यकता अनुसारको पुर्ति नहुँदा समस्या भइरहेको बताइएको छ ।’’
व्यापार व्यवसाय गर्न नागरिक बजार क्षेत्रमा आउने गरेका छन् । तर बिद्युतका कारण नोक्सानी व्यहोर्नु परिरहेको बताइएको छ । सबै खालका विद्युतीय उपकरण चल्ने कीसिमको बिद्युत उपलब्ध गराउनु पर्ने समितिका उप–संयोजक सुरत पार्किले बताए ।
समय–समयमा विद्युत अबरुद्ध हुँदा तथा विद्युतको आपुर्ती हुन नसक्दा व्यापार व्यवसाय गर्नै समस्या भइरहेको उनको भनाइ छ ।
उनले भने, “हाम्रो कुनै विद्युतलाई विस्थापीत गरेर कुनैलाई स्थापीत गर्ने लक्ष्य, चाहाना तथा उद्देश्य होइन् । हामीलाई विद्युतबाट चल्ने सबै उपकरणहरु प्रयोग हुने किसिमले विजुली चाहिएको हो । हामीलाई २४सै घण्टा बत्ती हुनुपर्यो ।’’
बिद्युतीय उपकरणहरु सहजरुपले चल्ने खालको बिजुली दिनुपर्ने माग गरिएको उनले बताए ।
सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाबाट प्रशारित लाइनकै भरमा खोलीएका राइस मिल, चक्की, आरा मिल लगायतका विद्युतीय उपकरणबाट सञ्चालनमा रहेका व्यवसायहरु भने ठप्प तथा बन्द गर्नु पर्ने बाध्यता रहेको नारायण दत्त भट्टले बताए ।
सो परियोजनाकै भरमा मिलका लागि ल्याइएका मेसिनहरु थन्काएर राख्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाको भरमा परेका नगरवासीले सोलार समेत किन्न छोडिसकेका छन् भने पुराना सोलार तथा व्याट्रिहरु पनि विग्रिएर काम नलाग्ने भएका छन् । बत्ति नभएको समयमा मैनबत्तीको भरमा ग्राहकलाई सेवा दिनुपर्ने संघर्ष समितिका सदस्य केशव विष्टले बताए ।
साँझको समयमा मैनबत्तीको भरमा व्यवसाय गर्नुपरिरहेको उनले बताए । लाइट आउने जाने गर्ने तथा समय समयमा अबरुद्ध हुँदा टेलिभीजनमा गरेको रिचार्ज पनि खेर जाने गरेको उनको भनाइ छ ।
मेलौली तल्लो स्वराड क्षेत्रकै मुख्य केन्द्र मानिने भएकोले यहाँ राष्ट्रिय प्रसारण लाईन जडान गर्नु अनिवार्य रहेको संघर्ष समितिका सचिव गणेश दत्त भट्टले बताए ।
तल्लो स्वराड क्षेत्रमै राष्टिय प्रसारण लाइनको पहुँच पुर्याउनु पर्ने उनको भनाइ छ ।
राष्ट्रिय प्रशारण लाइन जडान गर्नुका साथै बजार व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापनका लागि दवबाव दिन संघर्ष समिति गठन गरिएको बताइएको छ ।