काठमाडौँ ः डडेल्धुरा जिल्लामा फेरि अबैध एक नाले भरुवा बन्दुक सहित १ जना पक्राउ परेको छ । जिल्लाको अमजयमेरु गाउँपालिका वडा नं.६ भण्डारीगाउँ बस्ने गंगा भण्डारीको छोरा बर्ष ४० को बिर सिंह भण्डारीसँग अबैध हातहतियार रहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको हो ।
मिति २०८०र०३र३० गतेका दिन प्रहरी टोली निज प्रतिबादीको घर ठेगानामा गोप्य रुपमा खोजतलास गर्दै जाँदा जिल्ला डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं। ६ भण्डारीगाउँ देखी राजुल तर्फ जाने कच्ची सडकखण्डको घुम्ती छेउमा मादक पदार्थ (रक्सी) सेवन गरी एकनाले भरुवा बन्दुक बोकी सडकमा पैदल हिडिरहेको अवस्थामा फेला पारी रितपुर्बक निजको शरीरको खानतलासी गरि निज बिर सिंह भण्डारीले बोकेको ईजाजत पत्र नभएको एक नालेभरुवा बन्दुक थान ०१ रितपुर्बक बरामद गरी प्रतिबादी बिर सिंह भण्डारीलाई समेत नियन्त्रणमा लिई आज मिति २०८०।०३।३१ गते सम्मानित डडेल्धुरा अदालत डडेल्धुराबाट बिर सिंह भण्डारीलाई अबैध हातहतियार खरखजना कसुर अन्तर्गत म्याद थप गरि अनुसन्धान भईरहेको छ ।