काठमाडौं । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले भ्यूजभन्दा पनि न्यूज लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
चालू आर्थिक वर्षको अदालतको तथ्यांक सार्वजनिक कार्यक्रममा अध्यक्ष पौडेलले न्याय सम्पादनमा मिडिया ट्रायल समस्या रहेको उल्लेख गर्दै पत्रकारलाई भ्यूजभन्दा पनि न्यूज लेख्न आग्रह गरे ।
‘मैले पनि सर्वोच्च अदालतको प्रवक्ता भएरका काम गरेको थिएँ । भ्यूजभन्दा न्यूज लेख्न आग्रह गर्छु’, अध्यक्ष पौडेलले भने ।
त्यस्तै, अदालतका रजिष्ट्रार अशोकुमार क्षेत्रीले स्वतन्त्र न्यायपालिकामा मिडिया ट्रायल चुनौती रहेको उल्लेख गर्दै विचाराधीन मुद्दामा टिप्पणी नगर्न आग्रह गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलाई इंगित गर्दै आफूहरुले धेरै मुद्दा हार्नुमा अदालतलाई दोष दिएकोबारे के भन्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा क्षेत्रीले भने, ‘यो विषय बन्द भइसक्यो । यसबारेमा अहिले धेरै नबोलौं ।’