पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य साखा संयोजक राम शागर शाहकी श्रीमतीलाई छुटाउन गाउँपालिका नै लागि परेको खुलेको छ । केहिदिन अघिमात्रै स्वास्थ्य साखा संयोजक शाहले सेवाग्राही समेत रहेकी एक स्थानीय महिललाई बयान बदल्न आग्रह फोन मार्फत दवाव दिइरहेका थिए । तर ती महिलाले वास्तविक भन्दा बाहिर गएर बयान बदल्न नसक्ने बताइरहेकी थिइन् ।
त्यसपछि पनि गाउँपालिका उपाध्यक्ष बिना भट्टले फर्जी स्वास्थ्यकर्मी समेत रहेकी श्यामा शाहलाई छुटाउन दवाव दिइरहेको खुलेको छ । पञ्चेश्वर गाउँपालिकाका स्वस्थ्य साखा प्रमुख राम शागर शाहकी श्रीमती समेत रहेकी श्यामा शाहलाई छुटाउन स्थानीयसँग झुटा वयान दिन गाउँपालिका उपाध्यक्ष भट्टले पनि दवाव दिइरहेको खुलेको हो ।
यहि जेठ १५ गते राम शागर शाहकी श्रीमती श्यामा शाहले अवैधानिक रुपमा क्लिनिक सञ्चालन गरी बिरामी जाँच्ने देखि औषधी बिक्रि गर्ने गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्यको समान्या ज्ञान समेत नरहेकी शाहलाई बिरामी जाँच्ने गरेको अवस्थामा पक्राउ गरेपछि अनुसन्धान अघि बढीरहेको छ । यहि समयमा स्थानीय महिलामाथि अनावश्यक दवाव दिइरहेको खुलेको छ ।
गाउँपालिका उपाध्यक्ष बिना भट्टले स्थानीय महिलासँग कुरा गर्दै हामिहरुले नै उपचार गर्न भनेको हुनाले शाहले उपचार गरेको भन्ने वयान दिन भनेकी छन् । ती महिलाले फोनबाट १५ वर्षदेखि श्यामाले नै उपचार गर्ने गरेको दाबी गर्दै गर्दा उपाध्यक्ष बिना भट्टले बयान बदलेर श्यामालाई निकाल्न बयान बदल्न आग्रह गरीरहेको सुन्न सकिन्छ ।
यसअघि स्वास्थ्य साखा संयोजक राम शागर शाहले समेत बायन बदलीदिन आग्रह गरीरहेको अवस्थामा आफ्नै श्रीमानबाट कुटाइ खानुपरेको समेत फोनमार्फत उपाध्यक्ष बिनाभट्टसँग ती महिला जानकारी गराइइरहेकी छन् ।
स्वास्थ्य साखा संयोजक र उपाध्यक्ष भट्टसँग महिलासँग भएको फोन रेकर्ड सुरक्षित छ ।