काठमाडौँ ः बैतडी जिल्लाको मेलौली नगरपालिका ०९ का युवा नेता महेश दत्त भट्टले मेयर भिम बहादुर चन्द लाई कटाक्ष गरेका छन्। उनले आफ्नो फेसबुक एकाउन्टमा एक स्टाटस पोस्ट गरेर बस दुर्घटनामा परेका घाइतेहरुको उपचारमा भएको समस्यालाइ नगरले त्यति चासो नदेखाएको जनाएका छन।
यदि १५ सैया अस्पताल बनाएको भए घाईतेहरुले अलि कम दुःख, पिडाहरु भोग्थे। समयमा सबैले उपचार पाउँथे । यो नगरको स्वास्थ्य सेवामा खासै जिम्मेवार नरहेको जनाएका छन। नगर प्रमुखले आफू त्यस्ता काममा अगाडि जानुपर्ने अवस्थामा नगर बासी एक आपसमा झगडा गराउने , आन्दोलित बनाउने तिर आकर्षित रहेको जनाए। स्थानीय बासिन्दा बीच झगडा गराएर, मेलौली नगरपालिकाको वातावरण आन्दोलित बनाएर काठमाडौं गएर बसेको आरोप लगाए ।
यो भन्दा ठूलो नि लज्जाको विषय हुँदैन भनेर आफ्नो फेसबुक एकाउन्टमामा पोस्ट गरेका छन।
हेर्नुहोस उनको पोस्ट ः
