बैतडि- बैतडिको मेलौलीमा बस दुर्घटना भएको छ। जिल्लाको मेलौली नगरपालिका ७ स्वाखानीमा बस दुर्घटनामा परेको हो ।
सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।
अहिले दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको छ । अहिले मेलौली इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटना सम्बन्धि थप विवरण आउन बाँकि छ ।