बैतडीको दोगडाकेदार गाउँपालिका–६ का ८९ वर्षीय वृद्ध वीर सिंह भण्डारीले प्रद्यानामन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेटेर देश र जनताका लागि केहि गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गर्न सक्ने तपाई नै भएकाले तपाईबाट नै आसा गर्न सकिने बताएका हुन् ।
‘व्यवस्था मात्रै बदलिएको हो, संस्कार उस्तै छ,यसलाई पनि बदलेर देश र जनताका लागि केहि गर्नुहोस, गर्न सक्ने तपाईले नै हो, आस तपाईसँग मात्रै छ ।’ भेटका क्रममा उनले भने ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै कठिनाई आएपनि देश र जनतालाई सर्बाेपरी राखेर काम गर्ने बताएका हुन्