काठमाडौँ ः बैतडीको मेलौलीमा दलित महिलाहरुको लागि सहकारी स्थापना गरिने भएको छ। मेलौली नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को दलित लक्षित कार्यक्रमको बजेट अनुसार मेलौली सामुदायिक सिकाइ केन्द्रद्वारा दलित महिलाहरुको लागि सहकारी खोल्ने कार्य अघि बढेको कार्यपालिका सदस्य शुरेश परियारले जानकारी दिए।
नगरपालिकाले बिनियोजन गरेको बजेट मेलौली सामुदायिक सिकाइ केन्द्रद्धारा सञ्चालित भई दलित महिला लक्षित सहकारी सञ्चालन गर्ने कार्य शुरु भएको केन्द्रका कार्यवाहक अध्यक्ष बिजय पोखरेलले बताए। दलित समुदायका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने, समाजिक कार्यमा सहभागिता बढाउने, दलित महिलाहरुलाई व्यावसायिक बनाउने, अवस्था सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र दलित महिलाहरु पनि धेरै कुरा गर्न सक्छन भनेर सहकारीको अवधारण तयार पारिएको उनले बताए।
अहिले मेलौली नगरपालिका भरिका सम्पूर्ण वडाहरुमा दलित महिला सिकाई समुह गठनको प्रकृया थालिएको छ। वडा न १ मा भोली गठन गरिने र अन्य आठ ओटै वडामा गठन प्रकृया सकिएको जनाइएको छ। वडा न २ मा पशुपति ओडको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको कार्यपालिका सदस्य धरम सिह दयालले बताए।
यसैगरि वडा न ३ मा धना सेराला, ०४ मा गंगादेबि आउजी, ०५ मा चन्द्रा दयाल, ०६ मा लक्ष्मी पोखरेल, ०७ मा बिमला नेपाली, ०८ मा पशुपति दमाई र ०९ मा पुनम लुहारको अध्यक्षता २५/२५ सदस्यीय समिति गठन गरिएको छ। प्रत्येक वडाको सल्लाहाकार संयोजकमा दलित महिला जनप्रतिनिधिलाई चयन गरिएको मेलौली नगरपालिका–०९ का वडा अध्यक्ष लोकराज भट्टले बताए।
प्रत्येक वडामा केन्द्रका कार्य वाहक अध्यक्ष बिजय पोखरेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भईरहेहको हो। यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य सुरेश परियार, धरम दयाल, वडा न ०९ का वडा अध्यक्ष लोकराज भट्ट, वडा सदस्य चेतराम नेपालि लगायतका दलित जनप्रनिधिहरुको उपस्थिति रहदै आएको जनाईएको छ।
सहकारी सञ्चालनको प्रकृया पनि शुरु भईसकेको छ। छिट्टै बिधि बिधान बनाई कार्यालय स्थापना गरी सञ्चालन गरिने समेत जनाईएको छ। यो कार्यक्रमले दलित महिलाहरुको प्रतिनिधित्व हुने केन्द्रका कार्यबहाक अध्यक्ष पोखरेलको भनाई रहेको छ।