धनगढी उपमहानगरपालिका- १ स्थित रहेको जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षका करण बमलाई भेट्न आएका भीम बोगटी पक्राउ परेका हुन्।
डोटी बोगटान नगरपालिका–६ घर भई हाल धनगढी चटकपुरमा नास्ता पसल गरी बस्ने २५ वर्षीय बोगटीलाई चेकजाँच गर्ने क्रममा स्याम्पुको डिब्बाभित्र लुकाइ छिपाइ ल्याएको १३ ग्राम (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ।
उक्त लागुऔषध बरामद गरी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको छ।
त्यहाँबाट लागुऔषधसम्बन्धी मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कैलालीमा कारागारमा रहेका कैदीलाई ब्राउन सुगर दिन गएका एक जना पक्राउ परेका छन्।