गत संसदिय निर्वाचन मा झापा वाट राप्रपा को उमेदवार वन्ने खुस्वु ओली को चर्चा निकै थियो। निर्वाचन मा आफू राप्रपा को तर्फबाट उमेदवार वन्ने पक्का भयपछि ओली प्रचारप्रसारमा समेत लागिसकेकि थिइन।पछि राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले एमाले संग तालमेल गरेर आफ्नो सिट मात्र सुरक्षित गरेपछि खुस्वुको राप्रपा वाट उमेदवार वन्ने आकांक्षा पूरा भयन।
खुस्वुले राप्रपा अध्यक्ष लिङदेनले आफुमाथि अन्याय गरेको भन्दै स्वतन्त्र उमेदवार को रुपमा उमेद्वारि दर्ता गराय पछि पार्टी हित विपरित काम गरेको भन्दै खुस्वु लाई पार्टी साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको थियोे।
खुस्वु त्यस समय राप्रपा को प्रशिक्षण विभागमा समेत सक्रिय थिइन।पार्टी ले सवै तहको समेत जिम्मेवारी वाट मुक्त गरेर साधारण सदस्य समेत नरहने कार्वाही गरेको खुस्वु ओली लाई कुनै तहको वैठक वाट पनि कार्वाही फिर्ता नगरि एक्कासि अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग को उप प्रमुख मनोनित गरेपछि राप्रपा भित्र व्यापक असन्तुष्टि देखिन थालेको छ।
कार्वाही गरियको व्यक्ति लाई पुरस्कृत गर्दै पार्टीका अध्यक्ष ले स्वेच्छाचारी प्रवृत्ति अंगालेको भन्दै राप्रपामा भित्रा भित्रै असन्तुष्टि का आवाज हरु निस्कन थालेका छन। व्यक्ति भन्दा पनि विधि को कुरा हो अध्यक्ष लिङदेन ले कुनै तहको वैठक वाट पनि कार्वाही फिर्ता नगरि सिधै केन्द्रीय सदस्य र प्रशिक्षण विभागमा मनोनयन गर्नु भयको छ।यो गम्भीर विधिको उल्लंघन हो,आउदो केन्द्रीय समिति को वैठकमा यसलाई समहुगत ढंगले उठाउने एक केन्द्रीय सदस्य ले वताय।
विधि,विधान विपरीत का मनोनयन केन्द्रीय समिति ले स्विकार्दैन र आउदो केन्द्रीय समितिले अध्यक्षको स्वेच्छाचारी गतिविधि लाई नियन्त्रण गर्ने समेत नाम नवताउने सर्तमा उनले वताय।
कार्वाही भयको व्यक्ति लाई पहिला उसको कार्वाही फुकुवा गर्नु पर्छ।खै कुन तह वाट कार्वाही फुकुवा भयो त ? अध्यक्ष को गलत कदमले आफुहरु लाई समेत सर्मिन्दा वनायको उनै केन्द्रीय सदस्य ले बताए ।
खुस्बु लगायतलाई पार्टीबाट निष्काशित गरिएको विज्ञप्ति ।

खुस्बु ओलीलाई पुन केन्द्रिय सदस्यमा मनोनित गरिएको ।

खुस्बु ओलीलाई प्रशिक्षण विभाग उपप्रमुखको जिम्मेवारी दिइएको।
