बैतडी,१३ असार बैतडीको दोगडाकेदार गाउँपालिका –०४ कपिन्नाका एक पाँच वर्षीय बालकको मृगौलामा समस्या आएको छ । कपिन्नाका प्रकाशचन्द्र भट्टको छोरा पाँच वर्षीय अशोक भट्टको मृगौला खराब भई प्रत्यारोपण गर्नुपर्ने भएकोले सहयोगको अपिल गरिएको छ । मृगौला प्रत्यारोपण गर्न काठमाडौंको त्रिवि शिक्षण अस्पताल,महराजगञ्जमा उपचाररत भट्टको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगको अपिल गरिएको हो । आर्थिक अवस्था निकै कमजोर रहेको र छोराको मृगौला खराब भएर प्रत्यारोपण गर्नुपर्ने भएकोले सहयोग गरिदिन भट्टले आग्रह गर्नुभएको छ । छोराको मृगौला प्रत्यारोपण गर्दा लाखौं खर्च लाग्ने भनेको र आफूसंग उक्त रकम नभएकोले सहयोगको याचना गरिएको हो । आर्थिक सहयोग गर्न इच्छुक व्यक्तीहरुले निम्न खातामा रकम जम्मा गरिदिन अनुरोध गरिएको छ । नाम ः प्रकाशचन्द्र भट्ट खाता नम्बर ः ४३६०१०००००१५६१०४ राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नारायणपुर,दाङ । खाता मोबाइल नम्बर ः ९८४८९७९४१५ फोन नम्बर ः– ९८२१९१५२३३ भारतबाट सहयोग गर्नका लागि +९१९९७१०६२९७७ जयराज भट्ट फोन पे , पेटियम , गुगल पे