काठमाडौं : जनमत पार्टीले बजेटका पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका पक्षमा मतदान नगर्ने निर्णय गरेको हो।
पार्टीका अध्यक्ष सीके रावतले देशकै अर्थतन्त्र धरासायी भइरहेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
उनले भने,’ जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ। डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ।’