बैतडीमा एक महिला सम्पर्क विहिन भएकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक दुइ दिन देखि सम्पर्क विहिन भएकी हुन् ।
बुहारी १० गते राति देखि सम्पर्क विहिन भएकी उनका ससुरा जनक बहादुर बोहराले जानकारी दिए । डेढ तोला सुन लगेर बुहारी सम्पर्क विहिन भएकी उनले बताए । राति खाना खाएर सुतेकी बुहारी विहान नभेटिएकी उनको भनाई छ । माइति घरमा खरब गर्दा पनि नआएको खबर प्राप्त भएको उनले बताए ।
छोरा भारत भएका बेला बुहारी सुन सहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएपछि समस्या भएको उनले बताए । खोजिका लागि ढोल्यामोड प्रहरीचौकीमा निवदेन समेत दिएको पारिवारि स्रोतले जनाएको छ ।
कसैले देखेमा नजिकको प्रहरी, अथवा ९८६८७२४८२३ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।