बैतडीको सिगास गाउँपालिका ८ मा रहेको लेकलुपुण माविको भवनमाथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको छ । नयाँ र पुराना भवनहरु पूर्ण जोखिममा रहेको विद्यालयले जनाएको छ ।
शुक्रबार रातीको वर्षाले विद्यालयको भवन माथिबाट आएको पहिरोले भवन जोखिममा परेको हो । ।
भवन जोखिममा परेसँगै पठनपाठनमा समस्या सिर्जना हुने देखिएको विद्यालयले जनाएको छ ।