बैतडी नरेश नायक- जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यहि असार १३ गते शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
आउँदो असार १३ गते काठमाण्डौंबाट जिल्ला अस्पताल बैतडीमा मनोरोग विशेषज्ञ डाक्टर निराजन भट्टराई आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले जानकारी दिए ।
मानसिक स्वास्थ्य शिविर लाग्ने भन्दै जिल्ला अस्पताल बैतडीले समस्या भएकालाई सेवा लिन आग्रह गरेका छन् । शिविरमा निशुल्क परीक्षण गरिने बताइएको छ ।