काठमाडौं । गत हप्ता गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर गर्दा कपिलवस्तुका सिडिओ शंकरहरि आचार्यलाई पनि हटाइएन । जबकि, उनीविरुद्ध तस्करीमा मिलेमतोदेखि नदी दोहनमा मिलेमतोका उजुरी परेका थिए । माफिया समूहसँगको साँठगाँठकै कारण उनको सरुवा भएको स्रोत बताउँछ ।
गत २८ जेठमा भएको एक घटनाले कपिलवस्तुका स्थानीयहरु सिडिओविरुद्ध आक्रोशित बनेका छन् । बुद्धभुमी नगरपालिकामा खोलाको दोहन भइरहेको भन्दै स्थानीयहरु ज्ञापनपत्र बुझाउन सिडिओ आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । स्थानीय अगुवालाई दुव्र्यवहार गर्दै सिडिओ आचार्यले धम्काएर पठाएका छन् । सो विषयलाई लिएर स्थानीयहरु आन्दोलित भएका छन् ।