बैतडी नरेश नयक- बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
आज जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षता, पूर्व उद्योग मन्त्री तथा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको उनले बताए । अपी गेष्ठ हाउस गोठलापनीमा गरिएको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा सुदूरपश्चिमका स्वास्थ्य निर्देश्क जगदिश चन्द्र विष्ट, बैतडीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
२०७२ सालमा बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको भएपनि त्यसको निरन्तरताका लागि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।