बैतडी नरेश नायक – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो।
गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ।
मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।