हरिश भट्ट काठमाडौँ ः बैतडीको सुर्नया गाउँपालिका–८ का ज्येष्ठ नागरिकहरुलाई उछ्याउने लुगा वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत उछ्याउने गद्दा र सिरानी वितरण गरिएको वडा अध्यक्ष भान बहादुर बोहराले जानकारी दिए । २००५ देखि २००९ सालको जन्ममिति भएका २५ जना ज्येष्ठ नागरीकहरुलाई उक्त समाग्री वितरण गरिएको उनले बताए । गतवर्ष पनि ज्योष्ठताको आधारमा बिभिन्न सामाग्री वितरण गरिएको थियो । सोही अनुसार गिगतका वर्षहरुमा सम्मान कार्यक्रममाा छुटेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा कार्यालयले स्पष्ट पारेको छ ।
यसैगरी बालबालिकाको कार्यक्रम अन्तरगत बालक्लब तथा बाल सञ्जालका सहभागिहरुलाई पनि खेलकुदका समाग्री वितरण गरिएको छ। एथलेटिक्स र भलिबलका सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।