वैदेशीक रोजगारको नाममा काठमाडौंको गोङ्गबुमा संञ्चालित फिस्टल ओभरसिज प्रालीले गरिव नेपाली युवाहरुलाई दिनदहाडै ठगि धन्दा चलाइ रहेको समाचार जनरक्षा डटकमले केही समय अगाडि प्रकाशित गरेको थियो ।बैदेशिक रोजगारमा पठाउँछु भन्दै काठमाडौंको गङ्गबुमा संञ्चालित फिस्टल मेनपावरका संञ्चालकले आफ्नो दुई वटा नाम राखी वैदेशिक रोजगारीका नाममा सयौं गरिब नेपाली जनतालाई बिगत तीन वर्ष अगाडि देिखनै दिनदहाडै ठगी गर्दै आइरहेको रहस्य खुलेको हो । मेनपावरका ठगीका बादसाह भनेर चिनिने रेशम राज फुंयाल वा ठगी धन्दाका मायुर खेलाडी उनले अहिले आएर थरै समेत परिवर्तन गर्दै हिंड्ने गरेका खुलासा भएको हो । उनको हालको नाम रेशम लामिछाने बताउँदै वैदेशिक रोजगारमा जाने युवाहरुलाई ठग्दै हिंडेको जनरक्षा विषेश संवाददाताले बताएका छन। मेनपावरको नाममा ठगी गर्दै हिड्ने रेशमले हजारौं गरिब युवाहरुको सपना त लुटेका छन त्यसका साथै उनिहरुका कलिला तामाका मुना जस्ता बालबालिकाको पनि उज्वल भविष्य माथि खेलवाड गरेका छन ।
वैदेशिक रोजगारीका नाममा कहिले फुँयाल कहिले लामिछाने थर राख्दै आइहेका वैदेशिक रोजगारिका माफिया रेशमले चार जना गरिव परिवारको सपना माथि धावा वोलेका छन। जसमध्ये वैदेशिक रोजगारको नाममा ठगि धन्दा चलाउने रेशमले सिन्धुपाल्चोकका गरिब कृष्ण बहादुर तामाङ ,समशेर गोले,जया लामा र समीर तामाङ लाई घरन घाटको बनाएको उनिहरु स्वयम्ले जनरक्षाको कार्यलयमा आई गुनासो पोखेका थिए। उनिहरुका अनुसार रेशमले प्रतीव्यक्ति रु ५० हजार देखि दुई लाखको दरले टेकबहादुर स्याङतान नाम भएका व्यक्तिको नक्कली नाम अमर राख्न लगाई उनलाई एजेन्टको जिम्मेवारी दिई लिएको पैसाको कुनै प्रमाण नदिई करीब २०० गरीब युवाहरुलाइ ठगेका हुन। रेशमले वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएको विषयमा जनरक्षा डटकमले समाचार प्रकाशित गरेपछि उनले वैदेशिक रोजगारमा जाने युवाहरुलाई ठग्ने अर्को माध्यम बैंकको चेक प्रयोग गर्न थालेको पाईएको छ। दुर्गम गाउँका सोझा -सिधा युवाहरूलाई अनेक लालच देखाई नगद हात पार्ने अनि धरौटी बापत एनआइसी एसिया बैंकको चेक जथाभावी बाँडेर करोडौं कुमल्याएर फरार भएका छन।
यस्तो रहेछ फिस्टल मेनपावरको ठगी गर्ने कला
हामीले पहिलोपटक समाचार प्रकाशित गरेपछि फिस्टल मेनपावर बाट पिडित भएकाहरु धमाधम जनरक्षाको सम्पर्कमा आउनथाले पछि पिडितहरु सहित हाम्रा प्रतिनिधि हरु मेनपावरमा पुगि प्रत्तेक्ष रिपोर्टिङ गर्नथालेको सुईको फुुयाँँलले उनका कर्मचारी मार्फत पाए । पिडितहरुसहित ३ दिन सम्म फिस्टलमेनपावरमा गई रिपोर्टिङ गर्दापनि सञ्चालक फुयाल कार्यलयमा आएनन ।पिडितहरुको भिडभाड बढ्दै गए पछि फुयालले हाम्म्रा प्रतिनिधिलाई फोन गरि असाध्यै चिल्लो शब्दमा पिडतहरुलाई दलाल मार्फत आफ्नो मेनपावरले लिएको पैसा उपलब्ध गराउने भन्दै पिडितहरुको अकाउन्ट नम्बर उपलब्ध गराउन आग्रह गरे जसै अनुरुप हामीले पिडित हरुको अकाउन्ट नंम्बरपनि उपलब्ध गराई दियौ । पिडितहरुले भने अकाउन्ट नम्बर दिएपछि आफ्नो जायजेथा बेचविखन गरि दिएको पैसा उठनेभो भन्दै अनुहारमा आशाको किरण जगाएका थिए ।तर सयौं युवालाई ठगी सकेका फुयाल को सोझा युवालाई अल्झाउने त्यो नँया काइदापो रहेछ । वैदेशिक रोजगारको नाममा करिब २०० युवाहरुलाई घरन- घाटका बनाएका फुँयालले प्रती युवा २ लाखको दरले नगद असुल गरि बैंकमा नगद नभएको चेक विरण गर्दै आईरहेको पाईएको छ।
वैदेशिक रोजगार विभाग बाट पनि पिडितयुवाहरुले पाएनन् न्याय ! फिस्टलओभरसिज प्रालीका संञ्चालक रेशमराज फुयालको ठगी धन्दाबाट विक्षिप्त भएका केही युवाहरु वैदेशिक रोजगार विभागमा पुगी आफुहरु ठगिएको भन्दै उजुरी दिएका थिए ।उजुरी पर्नासाथ विभागका कर्मचारीले रेशम राज फुयाललाई फोन गरि उजुरी परेको जानकारी गराउँदा आफूले युवाहरुबाट पैसानलिएको र लिएको भएपनि अमरभन्ने आफ्नो एजेन्टले लिएको होला भन्ने गैरजिम्मेवारी पुर्णजवाफ दिएका थिए भने विभागका कर्मचारी उनको जवाफ बाट नतमस्तक देखिन्थे ।
फिस्टलओभरसिजमापुग्दा जे देखियो हाम्रा जनरक्षा प्रतिनिधिले लगातार तिनदिन रिपोर्टिङ गर्दा फिस्टलओभरसिज प्रालीका संञ्चालक कार्यलयमा देखिएनन देखिएत केवल पिडित युवाहरु । पिडितयुवाहरुलाई तपाई हरुको स्थाई ठेगाना कहाँ हो भनी जिज्ञासा राख्दा आफूहरु भिन्नभिन्नै जिल्ला काभ्रे ,सिन्धुपाल्चोक ,नुवाकोट ,दोलखा घर भएको बताए का थिए । ती युवाहरुलाई देख्ने जोकोहीलाई उनिहरुको आर्थिक स्थिति आँकलन गर्न सहजै थियोे ।खुट्टामा टायरको चप्पल अगाडिको वुढीअ:म्लाको भाग दबिएको पछाडिको कुर्कुचाले भुँइछुनेगरी प्वाल परेको चप्पल , पुराना कपडापिहरन प्याक-प्याक सुकेको ओठमुख ती युवाहरुको यो दृश्यले जोकोहीको मनपग्लन्छ तर ठगीधन्दाका बादशाह रेशमको मन पग्लेन ।हामीले थप यसफिस्टेलओभरसिज प्रालीका सञ्चालक रेशमराजफुयालको कालाकर्तुतहरुको रिपोर्टिङ गर्दै जानेछौ।
janraksha