बैतडी नरेश नायक- बैतडीमा विद्यालयबाट घर फर्किने क्रममा लडेर बालिकाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपाकिला वडा नं १ माणौ टोलका पदमसिंह धामीकी करिब ९ वर्षिया छोरी हेमन्ती धामीको विद्यालयबाट घर फर्किने बेला लडेर मृत्यु भएको स्थानीय मान सिंह धामीले जानकारी दिए ।
उनका अनुसार हेमन्ती सोमबार दिउँसो साथीहरु संगै विद्यालयबाट घर जाने क्रममा गडान भन्ने ठाउँमा लडेर गम्भीर भएकी थिइन । उनी गडान खरफागला भएको ठाउँमा घर जाँदै गर्दा सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खसेकी थिइन् ।
लडेर सडकमा खसेपछि गम्भीर भएकी उनको घर पुर्याउदा मृत्यु भएको बताइएको छ । हेमन्ती वडाकै पञ्चोदय माविमा कक्षा १ मा अध्यानरत थिइन् ।