सङ्खुवासभाको चैनपुरबाट बाढी र पहिरोका कारण बेपत्ता हुनेको पहिचान खुलेको छ । शनिबार राति आएको अविरल बर्ससँगै आएको बाढी र पहिरोका कारण संखुुवासभामा १८ जना बेपत्ता भएका छन् ।
बाढीका कारण संखुावसभाको चैनपुर नगरपालिकामा निर्माणाधीन सुपर हेवाँ हाइड्रोपावर पावर निर्माणमा संलग्नहरू मजदुर, इन्जिनियर र मेशिन अपरेटरहरू रातिदेखि सम्पर्कविहीन छन् । बेपत्ता हुनेमध्ये धेरैजसो कैलाली र बर्दियाबाट काम गर्न आएकाहरू रहेको संखुवा सभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
बेपत्ता हुनेमा कैलालीका राम भजन थारु,बर्दिया औरीका राहुल थारु, सोही ठाउँका रोहित थारु , बर्दिया औरीकै फुलसन थारु, सोही ठाउँका कालीराम थारु, कैलालीका सुगत थारु, कैलालीकै अमर थारु रहेका छन् ।
यस्तै बर्दियाका राजाराम थारु, कैलालीका सिता थारु पनि बाढीका कारण बेपत्ता भएका छन् । बेपत्ता हुने सबै हाइड्रो निर्माणका लागि काम गर्न आएका कामदारहरू छन् ।
यसैगरी संखुवा सभा पाँचखपन घर भई हाइड्रोमा मेशिन अपरेटरको रूपमा काम गर्ने दीपक मगर, इटहरीका साइड इन्जिनियर सन्तोष ढकाल, सङ्खुवासभा चैनपुरका ट्र्याक्टर चालक भुवन सिंह तामाङ, पाँचखपन घर भई स्टोर किफरको रूपमा कार्यरत सन्तोष राई पाँचखपनकै इलोक्ट्रिसयनको रूपमा हाइड्रोमा कार्यरत सुभंग राई झापा घर भएका हाइड्रोका सुपरभाइजर पदमा कार्यरत फौदबहादुर कार्की, धनकुटा पाख्री बासका मेसिन अपरेटर गणेश गिरी, इलाम घर भई हेल्पर पदमा कार्यरत राजकुमार राई र खाना पकाउने कामका लागि हाइड्रोमा पुगेकी मिना श्रेष्ठ पनि बेपत्ता भएकी छन्
सुपर हाइड्रो पावर कम्पनी निर्माणका लागि पुगेका उनीहरूलाई हेवा खोलामा आएको बाढीले शनिवार रातीबाट बगाएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
बाढीका कारण संखुवा सभा चैनपुरका राजेश श्रेष्ठ, बर्दियाका टिकाराम थारु र बर्दियाकै दिपक राज थारु घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको चैनपुर नगरपालिकाका उप मेयर एलिना श्रेष्ठले बताइन् ।