बैतडी नरेश नायक -मेलौलीमा एकदिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ। मेलौली नगरपालिका-०९ बिशालपुर माबिकोे प्राङ्गणमा आज एकदिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको पशु सेवा शाखा प्रमुख कमलापति भट्टराईले बताए।
मेलौली नगरपालिकाको पशु सेवा शाखाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वकृत कार्यक्रम अनुसार एकदिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो। शिबिरबाट १५४ किसानले आफ्ना बस्तुभाउको उपचार गरेको पशु सेवा शाखा प्रमुख भट्टराईले बताए। शिबिरमा १०१२ बाख्रा, २५५ गाईगोरु, ५२ भैसि, २ बंङ्गुर, ७ घोडाको उपचार र ७ बोकाको काष्टेशन गरिएको उनले बताए।
शिबिरमा वडाभित्रका नागरिकहरुले आफ्ना बस्तुभाउको उपचार तथा जाच गराएका थिए। आफ्नै गाउँ ठाउमा आएर शिबिर सञ्चालन गरि बस्तुभाउको उपचार तथा औषधि बितरण गरेकोमा पशु सेवा शाखा मेलौलीलाई स्थानियहरुले धन्यबाद ज्ञापन गरेको थिए।