हरिश भट्ट काठमाडौँ ः काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आईतबार महानगर भित्रका सबै बिद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै निर्देशन जिारी गरेका हुन । नेपाल बिद्यार्थि कर्मचारि परिषदले आईतबार देखि अनिश्चित कालिन विद्यालय बन्दको घोषण गरेपछि बालेनले महानगर भित्रका बिद्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन ।